एसियन महिला छनोट : चीनमाथि नेपालको जित

2

काठमाडौँ, १३ जेठ । नेपाली महिला टोलीले एसियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो ।

चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै, वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन् ।

नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् । त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १–१ विकेट लिए । त्यसअघि ट्स जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको योगफल बनाएको थियो ।

नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै रुवी पोद्दारले २२ रनमा अविजित रहिन् । चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १–१ विकेट हात पारे ।

अब नेपालले भोलि इन्डोनेसियासँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...