पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

526

झापा । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित चियादोकान नजिकैको भित्री सडकमा शंकास्पद वस्तु फेला पर्दा केहिबेर जनजिवन त्रासमय बनेको छ ।

एउटा टिनको बट्टामा तार बाधेर सडकमा फालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निस्कृय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

शंकास्पद वस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ वजे निस्कृय बनाएको हो ।

बिहानै शंकास्पद वस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरु त्रसित भएका थिए । फेला परेको त्यस शंकास्पद वस्तुमा नेकपा विद्रोही समूहको पर्चा टाँसिएको र अमेरिकी सहयोग एमसिसीको विरोध गरिएको उल्लेख छ ।

प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भइरहेको प्रनाउ कार्कीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...