उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ३ सय सवारीसाधन नियन्त्रणमा

297

काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरुले लागु गरेको निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकामा ३ सय सवारीसाधन कारबाहीमा परेका छन् । निषेधाज्ञा सफल बनाउन उपत्यकामा प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाए पनि निषेधाज्ञा उलंघन गर्नेहरू देखिएपछि चेकजाँचलाई कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका केही निजी गाडी र मोटरसाइकलसमेत गरी तीन सय सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

होल्डिङ सेन्टरमा राखिएका ती सवारीसाधन बेलुका ७ बजेमात्रै छाडिने छ । काठमाडौं जिल्लामा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...