कर्णालीमा कोभिडबाट थप २ जनाको मृत्यु

483

सुर्खेत । नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको केही समययत कर्णाली प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ ।

यसैक्रममा आज थप दुई जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुर्खेतका र अर्का सल्यानका रहेका छन् ।

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कालिकोटको नरहरिनाथ गाउँपालकाका ७३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार ती संक्रमित पुरुषको वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचार भइरहेको थियो ।

यसैगरी, सल्यान सिद्ध कुमाखा गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्इु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु भएका दुई जनासँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...