२४ घन्टामा ४,५२४ संक्रमित, १८ जनाको मृत्यु

509

काठमाडौं । २४ घन्टामा देशभरबाट ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार देशभर १५ हजार ६ सय ८१ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ५२४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । यीमध्ये २६ हजार २२५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना गरी उपत्यकामा १ हजार ९६६ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् ।

मंगलबार देशभर ५५५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ५५५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ । निको हुने दर ९०.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...