उज्यालो नेटवर्कका दुई जना पत्रकार पक्राउ

504

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’ हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट प्रक्राउ गरेको हो ।

प्रहरीले दुर्गालाललाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयबाटै नियन्त्रणमा लिएरको छ ।

उज्यालो नेटवर्क अनलाइले प्रधामन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलबीच सहमति भएको भन्दै नक्कली हस्ताक्षरसहितको पत्र राखेर समाचार लेखेको थियो ।

पछि, प्रेस काउन्सिललाई भने गल्ती भएको भनेर उज्यालो नेटवर्क अनलाइनले माफीसमेत मागी सकेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...