प्रधानमन्त्री ओलीले भने– माथिल्लो तामाकोसीमा अस्वाभाविक ढिलाइ, अब विलम्ब सहन्न

408

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलासुस्ती सहन नसकिने बताएका छन् । बिहीबार नापी विभागको कार्यक्रममा बोल्दै एक वर्षदेखि माथिल्लो तामाकोसीमा अस्वाभाविकरुपमा ढिलाइ भइरहेको भन्दै विलम्ब भन्ने कुरा सहन नसक्ने बताए ।

“मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेनि जडान गर्नु छ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिनामा अगाडि त्यही सुने, ३ महिना अगाडि, १ महिन अगाडि पनि त्यही सुनेको हो । जबकी एकदिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोड नोक्सानी हुन्छ ।”

अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने उनले बताए ।

“हामीले तीव्रता दिएर, धेरै कडाइ गरेर मेलम्चीको पानी काठमाडौं ल्याएका हौँ । कति दिनमा सक्छौँ ? हरेक दिनजसो ताकेता गरेर ल्यायौँँ , ढिलासुस्ती र व्यवधान गर्ने काम अब सहन सकिँदैन,” प्रधानमन्त्री ओलीले भने ।

यो केही मान्छेहरुको ढिलासुस्ती हो या के हो हेर्नुपर्ने बेला आएको उनले बताए ।

“काममा ढिलासुस्ती, व्यवधान गर्ने । अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई हामी मनदेखि नै देख्न सक्दैनौँ । कसैल गर्छ भने त्यसको क्षतिपूर्तिका लागि तयार हुनुपर्छ,” ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...