राजनीतिक नेतृत्वको निरङ्कुश चिन्तन परिवर्तन हुन सकेन : मन्त्री रायमाझी

264

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा अखिल छैठौँले आयोजना गरेको नेपालको विद्यार्थी आन्दोलन र अखिल छैठौँको इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको बताएका हुन् ।

उनले परम्परागत व्यवस्थाका विरुद्ध हतियारले नभइ राजनीति मुद्धाका आधारमा लड्नुपर्ने बताए । त्यस्तै उनले राजनीतिक क्रान्तिपछि मुलुकको विकास र समृद्धिको क्रान्तिमा अघि बढ्नुपर्ने धारणा राखे । जनताको मन जितेर संविधानमा उल्लेख समाजवादमा पुग्ने लक्ष्यलाई भेट्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एक अर्कालाई आरोप प्रत्यारोपभन्दा पनि दलहरुलाई एकताबद्ध गरेर मुलुकलाई बचाउनुपर्ने उल्लेख गरे । उनले देशी बिदेशी शक्तिहरुको षडयन्त्रलाई चिर्नुपर्नेमा पनि जोड दिए ।

त्यस्तै अन्य नेताहरुले मुलुकलाई बाह्य हस्तक्षेपबाट नजोगाएसम्म समाजवादी क्रान्ति सम्भव नहुने धारणा राखेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...