कोरोना संक्रमणबाट बालबालिकालाई जोगाउन चुनौती : मन्त्री त्रिपाठी

482

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बालबालिकालाई जोगाउन चुनौती सरकारलाई थपिएको बताएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताए । “संक्रमण डरलाग्दो अवस्थामा यो मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।”

सोही अवस्थालाई मध्यनजर गर्दै काठमाडौंलगायतका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भइरहेको पनि बताए । तर तत्कालका लागि केही निर्णय नभएको अवस्थामा उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।

पछिल्लो समय नेपालमा पनि १८ वर्षमुनिका बालबालिका संक्रमित हुने क्रम बढेको छ । अहिले करिब २ सय ५० हाराहारीमा बालबालिका कोरोना संक्रमित रहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...