‘मन खाने माया’ सार्वजनिक [भिडियो]

356

काठमाडौं । दीप गिरीको शब्द, शंकर थापा’स्माइल’ को संगीतमा रहेको ‘मन खाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।

 

म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् ।

सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। डस म्युजिकको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

Share This:
सम्बन्धित खबर
Loading...