गोंगबुको गेस्ट हाउसमा एक पुरुषको शव फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगरस्थित गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ ।
गोंगबुको गोदावरी सन्तोसी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) प्रवक्ता रमेश बस्नेतले बताए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव फेला परेको हो । सो कोठा राजु क्षेत्रीको नाममा बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।