सिस्नेरीमा आगलागीबाट ९ घर जलेर नष्ट

146

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ ।

बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपरान्ह चर बजेतिर आगलागी भएको हो ।

८ घर पूर्णरुपमा जलेर नष्ट भएको र एउटा आंशिकरुपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए । उनकाअनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

“बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधैँ बस्तीमा भेट्टाउँदा घर जलेका हुन्,” वडाध्यक्ष्य कार्कीले भने,“प्रहरी र स्थानीयवासी मिलेर अहिले आगो निभाइएको छ ।”

सिस्नेरीमा झन्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्य वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...