प्रहरीले थाल्यो सचेतना कार्यक्रम, मास्क नलगाइ हिँड्नेलाई १ सय रुपैयाँ जरिवाना

559

काठमाडौं । काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ ।

सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्कसहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ ।

प्रहरीले माइकिङ गरेर मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो ।

पहिलो चरणमा सचेतना अभियान सुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक स्थानमा मास्को प्रयोग नगरी हिँड्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ ।

संक्रामक रोग ऐन–२०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।

Share This:
सम्बन्धित खबर
Loading...