प्रधानमन्त्री ओलीले भने– ‘समर्थन फिर्ता लेउ, राजीनामा आइहाल्छ’

529

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् ।

बालुवाटारमा देशभरका १ सय ६५ रणनीतिक सडक सञ्जालको शुभारम्भ गर्दै यस्तो चुनौती दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,“काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।”

Share This:
सम्बन्धित खबर
Loading...