प्रधानमन्त्रीको घोषणा : कृषि र पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर

330

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ४ कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् ।

कृषि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उनले मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर बनेको बताए ।

प्रधानमन्त्री ओलीले कार्यक्रमा भने, ‘हामी हाम्रो देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएका छौँ । यो राष्ट्रिय खुशीको अवसर हो ।’

यस सफलतामा धेरैले योगदान दिएको प्रधानमन्त्रीले बताए । ‘हरेक दिन एक कदम अगाडि’को नारा सार्थक पार्ने दिशामा सरकार अघि बढेको उनको भनाइ छ ।

‘हामी हरेक दिनजसो नयाँ–नयाँ उपलब्धि हासिल गर्दै, नयाँ–नयाँ उचाइ छुँदै अगाडि बढिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...