राष्ट्रपति भण्डारीले बोलाइन सर्वदलीय बैठक

285

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आव्हान गरेकी छन् । मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका सञ्चार मामिला विज्ञ टीका ढकालले जानकारी दिए ।

राष्ट्रपतिले यसअघिनै दलहरुसँग छलफल गर्न चाहेपनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको सितल निवासको भनाइ छ ।

सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रि जनमोर्चालाई बोलाइएको राष्ट्रपति कार्यालयले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...