नेपाल एपिएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा सुरु

136

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वुस्थित नेपाल एपिएफ अस्पतालमा आयोजित एक समारोहबीच सो अस्पतालमा थप गरिएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको समुद्घाटन गरेकी छन् ।

१११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालको प्रमुख आतिथ्यमा गाइनोकोलोजी क्यान्सर एवेरनेस विषयमा प्रस्तुतीकरण तथा अन्तरकृया कार्यक्रम समेत संचालन भएको छ ।

सो अन्तरकृयामा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा नेपाल एपिएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सञ्चालनसँगै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको लागि भिआइए र भिआइएलआई, पिएपी स्मेयर टेस्ट, एलबिसी र एचपिभी टेस्ट त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङ्गको लागि भिडियो एक्सरे तथा विभिन्न डाइगोनेस्टिक विधिबाट उपचारहरु प्रदान गरिनेछ ।

सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपिएफ अस्पतालको सहकार्यमा सो अस्पतालमा सोमबारदेखि संचालनमा आएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको सुचारुसँगै सशस्त्र प्रहरी परिवार महिला संघले सिफारिस गरेका महिलाहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा प्रदान गरी क्यान्सर रोगको सुरुको अवस्थाको समयमा नै रोग पहिचान गरी उपचार तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसैगरी ट्यूमर तथा ट्यूमर सम्बन्धी बिरामीहरुको लागि शल्य चिकित्सक सेवा, नेपाल एपिएफ अस्पतालमा कार्यरत तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सम्बन्धी तालिम संचालन, टेलिमेडिसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्महरुद्वारा प्रदेशस्तरमा समेत गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा विस्तार, रेडियो थेरापी तथा केमो थेरापी आवश्यक पर्ने क्यान्सरका बिरामीहरुलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य निकायहरुमा समन्वय गरी रेफर गर्ने, गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग व्यवस्थापनका विभिन्न पक्षहरुमा अनुसन्धान गर्ने, सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्ने स्वास्थ्य शिविरमार्फत महिलाहरुमा हुने क्यान्सरको बारेमा जनचेतना, स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम संचालन गर्नुका साथै सशस्त्र प्रहरी परिवार महिला संघको संयोजकत्वमा नेपालका दुर्गम स्थानमा गाइनोकोलोजी क्यान्सर क्लिनिक शिविर सञ्चालन गरिने कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...