प्रधानमन्त्री कप भलिबल : एपिएफको लगातार तेस्रो जित

123

नेपालगञ्ज । बाँके जिल्ला भलिबल संघको आयोजनमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार तेस्रो जित हात पारेको छ ।

सोमबार नेपालगञ्जस्थित कभर्डहलमा भएको खेलमा एपिएफले होङ्गवान्जी न्यू डाइमन्ड क्लबलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको हो ।

पहिलो सेटमा २३–२५ ले पराजित भएको एपिएफले उत्कृष्ट पुनरागमन जनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

एपिएफले न्यू डाइमन्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित गर्यो ।

आजको जितसँगै एपिएफले ३ खेलबाट ९ अंक जोडेको छ ।

पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ तथा दोस्रो खेलाम लुम्बिनी युनाइटेडलाई ३–० को सेटमा पारजित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...