ग्वार्कोमा बस दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

13

काठमाडौँ, २१ साउन । ललितपुरको ग्वार्कोमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...