कोरोना अपडेट : पछिल्लाे २४ घन्टामा ८० जना थपिँदा १२१ संक्रमणमुक्त

157

काठमाडौं । नेपालमा केहि दिनयता कोरोना संक्रमितको संख्या एक सयभन्दा कम भेटिन थालेको छ । पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ३ सय २५ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ८० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ८० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको छ । यीमध्ये १ हजार ४ सय ९४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय २१ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय २१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ८ सय ७६ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार देशभरबाट अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...