रास्वपाको सचिवालय बैठक बस्दै

15

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकको कार्यसूचीमा भेला तथा अधिवेशन विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका विषय समेटिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...