छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा

10

मुगु, १० चैत । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले १८औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दसैँ (चैत्राष्टमी व्रत)का अवसरमा उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जनाएको छ ।

नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका निकायहरू बिदा रहने जानकारी दिनुभएको छ ।

तर, शैक्षिक संस्थाहरू भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले विद्यालयहरू बन्द नहुने पनि सूचनामा स्पष्ट पारिएको छ ।

नगरपालिकाले चैते दसैँको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना समेत व्यक्त गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...