इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने पक्राउ

287

काठमाडौं । विभिन्न समयामा इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भइ काठमाडौं महानगरपालिका-५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

शेन्सेगा कन्सल्टेन्सी बागबजार काठमाडौंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तममानले विभिन्न समयमा कोरियन भाषाको इपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिइ उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिइ विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौँदेखि संलग्न रहँदै आएको खुल्न आएको छ ।

विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...