इस्ट जोन कप विजेता यू–१६ क्रिकेट टोलीलाई क्यानको सम्मान, जनही ५० हजार पुरस्कार

25
काठमाडौँ, २७ असार । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजारसहित सम्मान गर्ने भएको छ ।
यही असार २१ गते मलेसियमा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जसमा सहभागी टोलीलाई क्यानले जनही  ५० हजार प्रदान गर्ने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
नेपालले त्यसअघि समूह चरणको खेलेको सबै खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।
Share This:
सम्बन्धित खबर
Loading...