केपी ओली कप : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

14

काठमाडौँ, १९ फागुन । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुने छ ।

मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो ।

९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...