काठमाडौँ, १७ फागुन । युवा स्टार फाउन्डेसनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गरेको छ । शनिबार एक विशेष समारोहकाबीच महिला फुटबल खेलाडी प्रिती राईलाई सम्मान गरेको हो ।
सम्मान गर्दै फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंहले खेलकुदमा महिला टोलीले जुन किसिमको प्रदर्शन गरिरहनु भएको छ त्यो एकदमै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन नेपाली महिला टिमले गरेको छ त्यसले नेपाललाई विश्वसामू चिनाउन मद्धत पुर्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खेलकुदमा महिला टोलीले जुन किसिमको प्रर्दशन गरिरहनुभएको छ यो एकदमै उत्कृष्ट छ । फुटबलमा प्रिती राईको भूमिका धेरै नै छ । खेलकुदको कुराहरुले गर्दा नेपाललाई विश्वले चिनिरहेको छ । उहाँले राष्ट्रका लागि जुन किसिमको प्रदर्शन गर्नु भएको छ त्यो सम्झन लायक छ ।’