‘गोल्डेन टेम्पल’का मुसा घरका भन्दा शक्तिशाली छन् : पुरोहित दीपक बज्राचार्य

8

काठमाडौँ, ७ पुस । परापूर्व कालमा शाक्यमुनि भगवान बुद्धको मूर्ति ललितपुरको हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’मा राख्नुअघि यस ठाउँमा तलाउ थियो । यही स्थानमा एक मुसाको बसोबास गर्नेगरेको इतिहास छ ।

जसलाई हिरण्यिक मुसा भनेर भनियो । भगवान बुद्धले आफूलाई नयाँ विहारभन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले सोहीअनुसार सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा सोही स्थानमा रहेकाले हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’भनिएको हो भन्ने इतिहास छ ।

राजा भाष्करदेव बर्माले १२औँ शताब्दीमा स्थापना गरेको मानिएको यस विहारमा हिराजस्तै चम्कने आँखा भएको मुसा बस्ने गरेको र उक्त मुसालाई विरालोले पनि खेद्न नसक्ने गरेको बताइन्छ । यस्तो प्रभावशाली ठाउँलाई शाक्यमुनिले रोज्नुभयो त्यसैले यहाँ बिहार बनेको हो । यहाँ आफूभन्दा पनि प्रभावकारी मुसा रहेछ भनेर आफ्नो नाम राख्नुको साटो हिरण्यवर्ण मुसाको नामबाट महाबिहारको नामकरण भएको हो ।

अर्को नयाँ बिहारबाट पनि परिक्रमा गरेर स्थापना गर्नुभयो । त्यसपछि यहाँ रत्नाधरको पनि राम्रो मुर्ति बन्यो र नृत्यकर्म चल्नथाल्यो । अन्य मुसाभन्दा यसका सन्तानमा देखिने रङ्ग सुनौलो गोल्डेन रगंको हुन्छ । घरमा पाइने मुसाभन्दा अत्यन्तै फरक छ । शक्तिशाली पनि छ । अहिले पनि यहाँभित्र २० देखि ३० वटा मुसा छन् । यहाँ हाम्रो अगाडि मुसा आयोभने पनि धपाउन वा खेदाउन हुँदैन् । यहाँको नियम नै यस्तो छ ।

केही गरी पुजारी र पुजारीको परिवारले नियमसँग नमिल्ने काम गरेभने मुसा रिसाउँछन् । देउतालाई पहिरिएको कपडा वा अन्य सामानहरु लगेर लुकाउँछन् । र क्षमा मागेपछि त्यही ठाउँमा ल्याएर राख्छन् । यस विहारमा बसुन्जेल पुजारीले साबुन पानीले हात धुन मिल्दैन । माटोले नै धुनुपर्छ । साबुनले धोयो र अन्य नियम मिच्यो भने मुसा रिसाउँछ । र मूल्यवान वस्तुहरु लुकाउँछ । धेरै भयो भने टोक्न पनि आउँछ ।

पुजारीले बिहान र बेलुका दुई छाक मात्र खाना खानुपर्छ । भोक लाग्यो भनेर अर्को छाक पनि खायो भने नियम मिचेको मानिन्छ । खान नहुने चीजहरु पनि थाहा नदिइ खायो भने पनि नियम उल्लङ्घन हुन्छ । खाना पकाउने महिलाले चोखो गरेन भने पनि मुसा रिसाउँछ । उनीहरुलाई रात परेपछि खाना राख्दिन पर्छ । र खानको लागि आउँछ । खानाको रुपमा धेरैजसो धान राखिदिने गरिएको छ । यहाँ बिरालोहरु आइहाले भने मुसाले नै धपाइदिन्छ । मुसाले धपाएको हामीले पनि देखेका छौँ ।

केही गरी पुजारीले नियम उल्लङ्घन गरेमा स्वास्थ्यमा असर गर्छ । आफ्नो पालो नसकिँदै अर्को पुजारी फेर्न पर्ने पनि हुन्छ । मुसाहरु बिरामी भए भने वा बिरामी भएर मर्ने अवस्थामा आयो भने बाहिर नै आएर मर्ने गर्छन् । अर्को रोचक प्रसंग के छ भने बाहिरबाट मलामी आए भने भगवान बुद्धलाई देखाउँन मिल्दै भनि ढोका बन्द गर्ने चलन छ । त्यसैले हिरण्यवर्ण महाबिहार सबै बौद्ध धर्मावलम्बीहरुको ठुलो आस्थाको केन्द्र मानिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...