दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

80

काठमाडौँ, ६ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जित्नुभएको छ ।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डिएलक्स कार उहाँले प्राप्त गर्नुभएको हो । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जित्नुभएको छ । एनपिएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

एनपिएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गर्नुको साथै २ लाख रुपैयाँ जित्नुभएको छ ।

२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम जिते बेस्ट ब्याटर बने भने उनले दुई लाख रुपैंयाँ नगद पाउनुभयो ।

१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदीयमान खेलाडी घोषित हुनुभयो । उहाँले कर्णालीलाई प्लेअफमा पुर्‍याउन १३ विकेट लिनुभएको थियो । ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गर्नुभएको छ ।

यसको साथै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले यो लिग जित्न पाउदा एकदमै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो लागि यो जित हासिल गर्न पाउँदा एकदमै उत्साहित छु ।’

सोही क्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो गर्ने प्रयास रहने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...