एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : शेखर कोइराला

21

काठमाडौँ, १० कात्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अगामी निर्वाचनमा तयारी बिना सत्ता साझेदार दल नेकपा (एमाले)जस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताउनुभएको छ ।

शनिबार काठमाडौँको शनिबार काठमाडौँको पेप्सीकोलामा काठमाडौँ ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको बताउनुभयो ।

राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाँड्ने प्रचलन रहेको कारण समस्या भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब उम्मेदवारी दिँदा कसले जित्नसक्छ भनेर उम्मेदवार खोज्नुपर्ने हुन्छ । टिकट बाँड्ने बेलामा आफ्नो मान्छेलाई टिकट बाँड्ने चलन नै छ । यसले हामीलाई बिगारिरहेको छ । अहिले सबै पार्टीहरु एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन् । हामीले त झन भनिनै रहेका छौँ यो राजनीतिक दलहरुको रणनीतिक चाल हो । एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्‍यो नी । तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाइ हो ।’

त्यस्तै, उहाँले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भए पनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताउनुभयो ।

सहमति अुनसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले गर्ने जिकिर गर्नुभयो ।

‘उहाँहरुबिचको सहमति अनुसार दुई वर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो । तर, हामीहरुको प्रतिस्पर्धी एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ । हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ । सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौँ । हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ । होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ । यस्तो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...