शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

6

काठमाडौँ, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताउनुभएको छ ।

आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन । भुइँमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दाखेरी जसले विधिको शासन जोगाउनुपर्ने, सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधिभन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्ने छौँ ।’

साथै उहाँले बन्द भएका नाकाहरु तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गर्नुभयो । उहाँले घुसपैठ गरेर असभ्य, असक्षम कामहरु नगर्न प्रहरी प्रशासनलाई सचेत गराउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...