कांग्रेस–कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा : उपेन्द्र यादव

7

जलेश्वर, ४ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माणसम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो ।

कांग्रेस-कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धि कुशासन, भ्रष्टाचार, विदेशी ऋण थोपार्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरुविरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताउनुभयो ।

जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको विस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा.सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष बालकिशोर यादवसहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरुबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...