सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

11

काठमाडौँ, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवी लामिछाने प्रक्राउ परेका छन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरातर्फ लगेका छन् ।

रवि पक्राउ परेपछि उनका कार्यकर्ता र समर्थकहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका थिए । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन् ।

सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको थियो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।

त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जिबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...