महिला साफ च्याम्पियनसिप : उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दै

51

काठमाडौँ, १ कात्तिक । महिला साफ च्याम्पियनसिप फुटबलको सातौँ संस्करणको खेल आजदेखि सुरु हुँदै छ । पहिलो खेल साँझ साढे ५ बजे दशरथ रंशालामा सुरु हुँदै छ ।

च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग उद्घाटन खेल खेल्दै छ । नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको‌ आयोजना गरेको हो । नेपालले भोलि शुक्रबार भुटानसँग खेल्दै छ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुने छ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...