मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

24

काठमाडौँ, ३० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृति र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित पुस्तक विमोचनमा उहाँले मौलिकता भएन भने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागि काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मौलिकता समाजको लागि प्राण तत्व हो त्यो जोगियो भने मात्र हामीले भौतिक तत्वलाई सवल बनाउन सक्छौँ । त्यो दिशामा हामीले यसको संरक्षण गर्ने काम अगाडि बढाउने नै छौँ । हामीले हाम्रो मन्त्रालयबाट गर्नुपर्ने काम, योगदान र निर्णयका विषयमा प्रतिबद्ध भएको कुराको बचनबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

यसको साथै, उहाँले आज प्रकाशित पुस्तकले नेपाली कलाकार र कलालाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा पनि योगदान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो पुस्तकले नेपालको कलाको संरक्षणमा योगदान दिने छ । नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा पनि यसले योगदान गर्ने छ । यसको साथै पर्यटकहरुले पनि नेपाललाई एउटै पुस्तकभित्र देख्न र बुझ्न सक्न छ । सांस्कृतिक पर्यटनलाई पनि यसले बढावा दिने काम गरेको छ । पर्यटन प्रवर्द्धन मात्र होइन व्यापार र निकासी प्रवर्द्धनको दिशामा नेपालको कला, कृति र नेपालसँग भएको हस्तकलासँग सम्बन्धित विशिष्ट हाम्रो जुन मौलिकता र पहिचान छ यसलाई प्रवर्द्धन गर्ने कुरामा पनि योगदान गर्ने छ ।’

Share This:
सम्बन्धित खबर
Loading...