दसैँ मेरो प्राथमिकतामा पर्दैन : प्रचण्ड

73

काठमाडौँ, ३० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ आफ्नो प्राथमिकतामा नपरेको बताउनुभएको छ ।

बुधबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा बडादसैँलाई आफूले पहिलेदेखि नै महत्त्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिनुभयो ।

‘जनयुद्धभरि र त्यपपछि पनि दसैँ मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिनेगर्छु । घरमा परिवारका सदस्यहरु, छोराछोरी, नाति नातिनाहरुलाई टीका लगाउने गर्छन् । उनीहरुलाई सहयोग चाहिँ गर्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

अध्यक्ष दाहालले दसैँमा प्राय टीका लगाउने गर्नुभएको छैन । तर, २०७४ सालमा भने उहाँको निधारमा रातो टीका लगाएको तस्बिर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उहाँले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्बिर उहाँकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...