दसैँमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

21

काठमाडौँ, २४ असोज । हिन्दुहरुको महान चाड दसैँको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दसैँमा मान्यजनले आशीर्वाद दिने गर्छन् ।

दसैँमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दसैँमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।

तर, पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक वाचन गर्ने प्रचलन छ । धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठस्त भए पनि यसको अर्थ भने कमैलाई थाहा छ ।

टीक लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरुको आफ्नै विधि छ । उहाँहरुले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरुले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन । संस्कृत विश्वविद्यामलयका धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई आशीर्वादको गहनता बुझ्दा महिला र पुरुषको अलग अलग नभएको बताउनुहुन्छ ।

‘आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ । अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन् । तर समयक्रमसँगै दसैँमा दिइने आशीर्वादनमा क्रमशः रूपान्तरण भएको देखिन्छ,’ उहाँले भन्नुभयो । निधारभरि अक्षता टाँसेर अक्षताकै संख्यामा आशीर्वादलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक बनाउनुपर्नेमा संस्कृतिविदहरुको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...