स्वास्थ्यमन्त्री पौडेल स्वदेश फिर्ता

23

काठमाडौँ, २३ असोज । स्वास्थ्यमन्त्री प्रदीप पौडेल भारत स्वदेश फर्किनुभएको छ । विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारत जानुभएका उहाँ बुधबार अपरान्ह स्वदेश फर्किनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भारतका शीर्ष नेता र अन्य देशका समकक्षीहरुको भेट फलदायी भएको बताउनुभयो ।

भारतीय जनता पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डा, भारतीय जनता पार्टीका नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवालगायतको भेटले नेपाल र भारतबीचको स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्न सहज भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले नेपाल र भारतबीचको द्विदेशीय सम्बन्ध र विविध आयामबारे विचारविमर्श गरेको बताउनुभयो । मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएको बताउनुभयो ।

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि काम गर्ने प्रतिबद्धता रहेको सुनाउनुभयो ।

संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्यमन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उहाँले सबै सदस्यराष्ट्रहरूले आन्तरिक स्रोत थप गर्नुपर्नेमा आवाज उठाएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...