दसैँमा नेपाली सेनाको यातायात सुविधा, बस र हवाई दुवै सेवा प्रदान

36

काठमाडौँ, २३ असोज । नेपाली सेनाले बडादसैँ २०८१ को अवसरमा घर बिदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा प्रदान गरेको छ ।

सैनिक कल्याणकारी कार्यअन्तर्गत आश्विन १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस)मार्फत् १२३० जनाले यातायात सुविधामार्फत् यात्रा गरिसकेका छन् । सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जनाले यो सुविधा लिएका निर्देशनालयले जनाएको छ ।

सैनिक निर्देशनालयका अनुसार असोज २४ गतेसम्म सञ्चालन हुने यो सुविधामार्फत् हालसम्म १९५१ जना सैनिक एवम् आश्रित परिवारहरूले यातायात सुविधामार्फत् यात्रा गरिसकेका छन् ।

नेपाली सेनाले कल्याणकारी कार्यअन्तर्गत बहालवाला र भूपूसैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...