काठमाडौँ, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुला रहने छन् ।
आयोगका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयहरु खुला रहने छन् ।
आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा भौ यस वर्षको विदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको जनाएको छ । आयोगले यस अवधिमा आयोगले मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने छ ।