रास्वपाले बोलायो आकस्मिक भेला

68

काठमाडौँ, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

सभापति रवि लामिछानेका साझेदार पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालयमा भेला भएका हुन् ।

यद्यपि, सभापति लामिछाने भने पार्टी कार्यालयमै छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...