प्रहरी निरीक्षक सनम मल्ल भारतमा पुरस्कृत

17

काठमाडौँ, ४ असोज । मित्रराष्ट्र भारतको सरदार बल्लभ भाइ पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित बेसिक ट्रेनिङ कोर्ष फर आइपिएस अफिसर २०२३ तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत हुनुभएको छ ।

मल्ललाई द बेस्ट जेन्टलम्यान प्रोबेशनर फर पिटी  (The Best GentlemanÚs Probationer for PT) पुरस्कारद्वारा पुरस्कृत हुनुभएको हो ।

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

सन् २०२३ नोभेम्बर १३ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु विजय थापा, सनम मल्ल, गोपालप्रसाद श्रेष्ठ, प्रभात लक्सम लिम्बू र झरना सोनार गरी पाँच जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...