रवि लामिछानेले निर्दोष छु भन्दै हिँड्न मिल्दैन : डा.महत

56

काठमाडौँ, ३१ भदौ । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भए पनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उहाँले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरुबाट लिएको छ । भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ । यति हुँदा पनि दोषी होइन भनेर घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार कुरा अरु हुन सक्दैन ।’

यसका साथै उहाँले सभामुखले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर कार्याअर्थ गर्न निर्देशन दिएको अवस्थामा रवी लामिछानेले क्लिन चिट नपाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...