‘दलाल नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको कब्जामा जान्छ’

43

काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले समयमै दलाल र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न नसके गणतन्त्र बिचौलियाहरुको र दलालहरुको नियन्त्रण जाने टिप्पणी गर्नुभएको छ ।

आइतबार माओवादी नेता पोष्ट बहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओायजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनता र समाजवादउन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब दलाल तथा नोकरशाही पुँजीवादका विरुद्धको संघर्ष, बिचौलियाहरु विरुद्धको संघर्ष मुख्य भएर जान्छ । त्यसो गर्न सकिएन भने यो गणतन्त्र बिचौलियाहरुको गणतन्त्र हुन्छ, दलालहरुको हुन्छ, राज्य दोहन गर्नेहरुको हुन्छ । तत्कालिन अध्यक्ष कमरेड नेतृत्वको सरकारले सुशासन र गणतन्त्र रक्षाको अभियानलाई अगाडि बढायो । यसले माओवादी कुन कित्ताको भनेर छ्ट्याएको छ । माओवादी जनता, समाजवादउन्मुख गणतन्त्रको पक्षको हो भन्ने पुष्टि गर्‍यो ।’

‘प्रचण्ड’ नेतृत्वको सरकार गठबन्धनमा बनेको हुनाले आफ्नो धारमा काम गर्न नसकिएको पुनको स्वीकारोक्ति थियो ।

विचार र राजनीति सही भयो भने मात्र पार्टी र संगठन बलियो हुने उल्लेख गर्दै उहाँले माओवादी आज देशको एक नम्बर पार्टी भएको दाबी गर्नुभयो ।

‘समावेशी लोकतन्त्र, धर्म निरपेक्षतासहित यहाँका विविधताहरुलाई समावेशी सहित अगाडि बढ्ने पार्टी हो माओवादी केन्द्र माओवादीको विचारले आज देश अगाडि बढेको छ । शक्ति गणितीय रुपले कहिले तलमाथि हुनसक्छ । तर विचार र राजनीति सही भयो भने संगठन र पार्टी बन्छ । यसमा माओवादी आज एक नम्बर पार्टी हो,’उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...