प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हाबी हुन्छ : सभापति देउवा

32

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हाबी हुने बताउनुभएको छ । प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उहाँको भनाइ थियो ।

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागले आयोजना गरेको ‘बिपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उहाँले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यक्ता भएको औँल्याउनुभयो ।

‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ । प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो । त्यस कारण आजको सन्दर्भमा बिपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’ उहाँले भन्नुभयो ।

सभापति देउवाले बिवीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समयअनुसार परिर्वतन हुनसक्ने नेताका रुपमा चित्रण गर्नुभयो ।

‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गाह्रो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ । उहाँले छोडेर जानुभएको प्रजातान्त्रिक पद्धति र समाजवादलगायतका धेरै कुराहरुलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई बिपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलालगयत बिपीको विचार र आजको सन्दर्भमाथि धारणा राख्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...