नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

20

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पेरिस पारा ओलम्पिकमा नेपालले प्राप्त गरेको काश्य पदकले देश कै इज्जत बढेको बताउनुभएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित सम्मान कार्यक्रममा उहाँले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताका लागि शुभकामना दिनुभयो ।

उहाँले भन्नुभयो,‘ नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु । खेलकुद क्षेत्रको विकासका लागि नेपाली कांग्रेस सदैव प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वलाई चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...