जनताका लागि जन्मिएको पार्टीले भ्रष्टाचार गर्न सक्दैन : उपसभापति अर्याल

49

काठमाडौँ, २२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताउनुभएको छ ।

चार महिना सरकारमा बस्दा गरेका कामहरु देखेर राजनीतिक पेशा बनाएकाहरु तर्सिएको पनि बताउनुभयो ।

शनिबार सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन एवम् बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘चार महिना सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरु खुल्दा राजनीतिक पेशा बनाएकाहरु तर्सिएका छन् । हामी विचलित हुनेवाला छैनौँ, परिमार्जन भएर अगाडि बढ्दै जान्छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भ्रष्टाचार गरेभने अथवा भ्रष्टाचार गरेको पुष्टि भयो भने जोगाउन सकिँदैन ।’

साथै उहाँले समय र परिस्थितिले जस्तो ठाउँमा पुर्‍याए पनि विचलित नभएको बताउनुभयो । उहाँले भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएको पार्टी कहिले विचलित नहुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा २०७९ साल असार ७ गते राष्ट्रिय सभा गृहमा पार्टी सभापति रवि लामिछाने जे बोल्नु भएको थियो हामी त्यहीँ हौँ । भ्रष्टाचारलाई हटाउनकै लागि स्थापित भएका हौँ । त्यहीँ अडिक रहिरहनेछौँ । कतै विचलित भएका छैनौँ, चेन्ज भएका छैनौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...