ओली सरकार माफिया र दलालहरुले नै बनाएको हो : हेमन्त ओली

46

काठमाडौँ, २० भदौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तथ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एकजना दलाल पुँजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरुको ठुलो हात रहेको बताएका थिए ।’

आगामी मंसिर १३ देखि २३ सम्म काठमाडौँमा हुन गइरहेको पार्टीको एकता महाधिवेशनबारे जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा उनले आफूहरुले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीतालगायतका उपलब्धिहरुलाई सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गर्नुभयो ।

विश्व परिघटनाबारे बोल्दै ओलीले आफ्नो पार्टी प्यालेस्टाइन जनताको पक्षमा रहेको स्पष्ट पार्नुभयो । युक्रेन र रसियाबीचको लडाई साम्राज्यवादी स्वार्थको उपज रहेको उहाँको दाबी थियो । त्यहाँ देखिनलाई युक्रेन देखिए पनि त्यो वास्तबमा अमेरिका र रसियाबीचकै युद्ध रहेको ओलीको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...