सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

18

काठमाडौँ, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले दुःख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गर्नुभएको छ ।

सोमबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अलमलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामिले यत्रो क्रान्ती र दुःख गरेर व्यवस्था ल्याएका छौँ, त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि सरकार खासै इच्छुक देखिँदैन, सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ, कानुन बनेका छैनन्, निर्देशन गरेको नीति अनुसारका काम बनेका छैनन्, कार्यक्रमहरु ल्याइएको छैन ।’

साथै उहाँले संविधानले कल्पना गरेका दायित्वहरु राज्यले पूरा नगरेको भन्दै सरकार गलत बाटोमा मात्र गइरहेको जिकिर गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...