विश्व दृष्टिकोण नेपालकै विश्वविद्यालयमा पढेर पनि निर्माण गर्न सकिन्छ : मन्त्री भट्टराई

24

काठमाडौँ, १४ भदौ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालय एकल रुपमा सञ्चालन गर्न नहुने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले विद्यार्थीहरु आकर्षित नभएको बताउँदै एकल रुपमा सञ्चालन गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा त हाम्रो स्पष्ट धारणा हुनुपर्छ , खासगरी आज जति पनि विधेयकहरु दर्ता भएका छन् ती विधेयकहरु समुदायले माग गरेर पनि आएका छन्, आवश्यक्ताले पनि आएका छन्, यो मुलुकलाई बनाउँ है भनेर पनि आएका छन्, राजनीतिक आकाँक्षाका हिसावले पनि आएका छन्, विभिन्न आयामहरुबाट हाम्रा विधेयकहरु प्रस्तुत भएका छन् । तर अब हामीले सिंगल विश्वविद्यालय ख्वप कलेज पछाडि नल्याउँ भन्ने हो ।’

साथै उहाँले विश्व दृष्टिकोण नेपालकै विश्वविद्यालयमा पढेर पनि निर्माण गर्न सकिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...