कांग्रेस सांसदको आरोप : क्यानको डिजी बचाउन रास्वपाका सहमहामन्त्री आए

30

काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का डिजी प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले क्यानका डिजी रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको (रास्वपाको) मान्छे भएको र जोगाइदिन भन्दै सहमहामन्त्री आफूकहाँ आएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्यानको विषयमा यहाँ छलफल हुँदै छ । करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्त्व दर्ता गराउनुभएको छ । यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो र क्यानका डिजी जोगाउन भन्नुभयो । रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्‍यो भन्दै अचानक आउनुभयो ।’

साथै उहाँले जनताको भरोसा भनिएको नयाँ पार्टीले डबल स्ट्यान्डर्ड गर्छ भनेर आफूले कहिले नसोचेको बताउनुभयो । उहाँले यो द्वैध चरित्रले देश कहाँ पुग्छ भनेर समेत प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।’

Share This:
सम्बन्धित खबर
Loading...